१२ साउन, काठमाडौँ । सेयर बजार परिसुचक नेप्से लगातार दोस्रो दिन पनि ओरालो लागेको छ । नेप्सेमा गिरावट आएपनि कारोबार रकम १९ अर्ब रुपैयाँ नाघेको छ ।
सोमबार नेप्से २.०७ अंकले घटेर २९६२.१३ अंकमा पुगेर बजार बन्द भएको हो ।
कारोबारमा आएका १५६ कम्पनीको सेयर मूल्यम गिरावट आउँदा ९४ कम्पनीको सेयर मूल्य बढेको छ । सोमबार ३२१ कम्पनीका ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयरहरु १ लाख ७० हजार ७२६ पटक किनबेच हुँदा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
साताको कारोबार पहिले दिन आइतबार नेप्से १८.४४ अंकले घटेर २९६४.२० अंकमा पुग्दा कारोबार रकम २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ पुगेको थियो ।
सोमबार विकास बैंक समूह १९३.६८ अंकले बढेको छ । व्यापार समूह १४१.११, उत्पादन तथा प्रशोधन समूह १३६.३९ अंकले बढेको बजारमा वित्त समूह ७२.८९ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।
समता घरेलु लघुवित्त, सान्भी इनर्जी र ट्रेड टावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन डिस्टिलरीको सेयर मूल्य ५.८० प्रतिशतले बढेको बजारमा सांग्रिला विकास बैकको सेयर मूल्य ५.७३ प्रतिशतले बढेको छ ।
यता, बिन्ध्यावासिनी हाइड्रोपावरको सेयर ८.४९ प्रतिशतले घटेको छ । लक्ष्मी उन्नती कोसको सेयर मूल्य ७.५२ प्रतिशत, गी्रन भेन्चरको सेयर मूल्य ५.०८ प्रतिशत, ११ प्रतिशत एनआइसी एसियाको डेभेन्चर मूल्य ४.७९ प्रतिशतले र उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ४.४१ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा ९२ करोड ५७ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार सहित शिवम् सिमेन्ट अग्रस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा २२ लाख ६९ हजार ८८३ इकाईको कारोबार सहित हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी शीर्षस्थानमा छ । कारोबार संख्याको आधारमा पनि शिवम् सिमेन्ट ६ हजार १४२ पटकको किनबेच सहित अग्रस्थानमा छ ।
सोमबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४९ खर्ब ४२ अर्ब ८० करोड ९४ लाख रुपैयाँ कायम भएको छ ।
आइतबार कुल बजार पूँजीकरण ४९ खर्ब ४६ अर्ब २६ करोड ८५ लाख रुपैयाँ कायम भएको थियो ।


+ There are no comments
Add yours