कारोबारसँगै घट्यो सेयर बजार, ५ कम्पनी १० प्रतिशत बढे

०२ चैत, काठमाडौं । सोमबार सेयर बजार २६.०७ अंक घटेको छ । सो अंकको कमीपछि बजार परिसूचक नेप्से २७९८ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन १४ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ९७ करोडमा खुम्चिएको छ ।४८ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने ४ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधनबाहेक सबै समूहका सूचक घटेका छन् । सो समूहको सूचक ०.२५ प्रतिशत बढ्यो ।बैंकिङ १.६१, विकास बैंक ०.८४, फाइनान्स ०.७१, होटल तथा पर्यटन ०.२६, लगानी १.५२, जीवन बीमा ०.९४, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा ०.४५, अन्य १.०९ तथा व्यापार समूह ०.२१ प्रतिशत घटे ।५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अपर हेवाखोला, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

त्यस्तै पिपुल्स हाइड्रोपावरको ६.५१, सिन्धु विकास बैंकको ६.३३, नेसनल हाइड्रोपावरको ५.३६ प्रतिशत मूल्य बढ्यो ।नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ४.१८ प्रतिशत घट्यो । ग्रिनलाइफ हाइड्रोपावरको ३.९८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपरहेवाखोला, एसवाई प्यानल र रिडी पावर छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours