दराज विक्रेताका लागि टिगको नयाँ फिचर, एक क्लिकमै अर्डर लिनेदेखि इनभ्वाइस तयार गर्नेसम्मको सुविधा

२४ असार, काठमाडौं । दराजका विक्रताहरूले अब आफ्नो अकाउन्ट र इन्भेन्टरी व्यवस्थापन टिगबाटै अटोमेट गर्न सक्ने भएका छन् । क्लाउडमा आधारित नेपालको लोकप्रिय सफ्टवेयर टिगले दराजसँगको सहकार्यमा इन्टिग्रेसन सुविधा ल्याएको हो ।

म्यानुअल रूपमा बुककीपिङ र अर्डर व्यवस्थापन गर्दा ई–कमर्श व्यवसायीहरूलाई धेरै समय लाग्ने र गल्ती हुने सम्भावना हुन्छ । तर टिगको इन्टिग्रेसन सुविधाले घण्टौं लाग्ने डेटा इन्ट्रीको काम अब केही मिनेटमै सकिने छ ।

कुनै प्रविधिक झन्झटबिना, केही क्लिकमै अर्डर विवरण लिने, ग्राहक बनाउने र इनभ्वाइस तयार गर्न सकिने टिगले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश केसी बताउँछन् ।

‘हामीले सयौं दराज विक्रेतासँग कुरा गर्दा म्यानुअल रीकन्सिलिएसन र इनभ्वाइसिङमा अल्झिएका देख्यौं,’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको दराजका विक्रेताहरूको समय बचत गर्ने हो । यो इन्टिग्रेसन सुविधाले सहज र व्यवसायीहरूलाई प्रशासनिक झन्झटबाट मुक्त गराउने छ ।’

यो प्रणाली बारकोड स्क्यानरमैत्री भएकाले रिटेल अर्डरहरू पनि सजिलै प्रोसेस गर्न सकिने छ । टिगले आगामी दिनमा रिटर्न म्यानेजमेन्ट, इन्भेन्टरी सिंक र भुक्तानी मिलान जस्ता थप सुविधाहरू ल्याउने तयारी गरिरहेको जनाएको छ ।

हाल यो एकीकरण सबै टिग प्रयोगकर्ताहरूका लागि उपलब्ध छ। नयाँ प्रयोगकर्ताहरूले नि:शुल्क ट्रायलको लागि टिगमा साइनअप गर्न सक्नेछन्।

टिगको बारेमा

टिग साना तथा मझौला व्यवसायहरूका लागि डिजाइन गरिएको क्लाउडमा आधारित अकाउन्टिङ प्लेटफर्म हो, जसले व्यवसायीहरूलाई समय बचत गर्न, लेखा प्रक्रिया सहज बनाउने र सूचनामा आधारित निर्णय गर्न सहयोग पुर्‍याउँछ ।

दराजको बारेमा

दराज दक्षिण एसियाको अग्रणी अनलाइन मार्केटप्लेस हो, जसले हजारौं विक्रेताहरूलाई लाखौं ग्राहकहरूसँग जोड्ने काम गर्छ । दराजले लजिस्टिक, भुक्तानी, मार्केटिङ आदिको एकीकृत समाधान प्रदान गर्दै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours