२३ असार, काठमाडौं । बजारमा च्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि निर्धारण गरेको मूल्यसूचीले डल्ले च्याउ र कन्य च्याउको मूल्य बढेको देखाएको हो ।
आइतबार प्रतिकिलो ३ सय रुपैयाँमा कारोबार भइरहेको डल्ले च्याउको मूल्य सोमबार ६० रुपैयाँले वृद्धि भई ३ सय ६० रुपैयाँ कायम छ ।
यस्तै कन्य च्याउको प्रतिकिलो मूल्य १० रुपैयाँ बढेको छ ।
आइतबार कन्य च्याउ प्रतिकिलो १ सय ६० रुपैयाँमा किनबेच भएको थियो भने सोमबार प्रतिकिलो १ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।


+ There are no comments
Add yours