१८ असार, झापा । कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा २० हजार ४ सय ४९.२० मेट्रिक टन रसायनिक मल बिक्री वितरण गरेको छ ।
शाखाका प्रमुख दीपककुमार राजबंशीका अनुसार शाखालाई चालु आवमा प्राप्त १९ हजार ६ सय १९.५० मेट्रिक टन र गत वर्षको मौज्दात १ हजार ५ सय ५० मेट्रिक टन रसायनिक मल रहेको थियो । उनका अनुसार हाल पनि रसायनिक मल आउने क्रम जारी रहेकाले यस वर्ष किसानलाई खेती गर्न मलको अभाव नहुने अपेक्षा गरिएको छ ।
शाखा कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा युरिया १२ हजार १७.३५ मेट्रिक टन, डिएपी ७ हजार ५ सय ३८.५५ मेट्रिक टन, पोटास ७ सय ८७.३५ मेट्रिक टन र चुन १ सय ५.९५ मेट्रिक टन बिक्री वितरण गरिएको छ ।
शाखाका प्रमुख राजबंशीका अनुसार युरीया प्रतिबोरा ८ सय ८ रुपैयाँ ५० पैसा, डिएपी प्रतिबोरा २ हजार २ सय ५८ रुपैयाँ ५० पैसा, पोटास प्रतिबोरा १ हजार ६ सय ५८ रुपैयाँ ५० पैसा र चुन प्रतिबोरा २ सय १५ रुपैयाँ मा बिक्री वितरण भइरहेको छ । हाल युरीया १ हजार १ सय मेट्रिक टन, डिएपी ६ हजार मेट्रिक टन र पोटास ५ सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजबंशीले बताए ।
शाखा कार्यालयले यस वर्ष २१ मेट्रिक टन विभिन्न ५ प्रजातीका धानको बीउ विक्री गरेको प्रमुख राजबंशीले जानकारी दिए । उनका अनुसार राधा १२, बहुगुणी २, हल्दीनाथ ६, स्वर्णसफ र रामधान जातको धानको बीउ वितरण गरिएको हो ।
+ There are no comments
Add yours