१० असार, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेको हो ।
हाल यो शेयर संस्थाको विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ ।
तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री खुला गर्न प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ ।


+ There are no comments
Add yours