‘झिँगेदाउ-२’ मा आँचल

०७ असार, काठमाडौँ । चलचित्र ‘झिँगेदाउ-२’मा नायिका आँचल शर्मा अनुबन्धित हुनुभएको छ । आँचल र चलचित्रका निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजाबीच अभिनय सम्झौता भएको हो ।

यो चलचित्रमा यसअघि नायिकाको रूपमा केकी अधिकारी अनुबन्धित हुनुभएको थियो । चलचित्रमा नायक मुकुन भुसाल पनि जोडिएको निर्देशक देउजाले बताउनुभयो ।

‘झिँगे दाउ’कै सिक्वेलको रूपमा ‘झिँगेदाउ २’ बन्न लागेको हो । निर्देशक देउजाका अनुसार, दशैँपछि यस चलचित्रको छायांकन सुरु गर्ने तयारी गरिएको छ ।

‘झिँगे दाउ’ जहाँ सकिएको थियो, सोही ठाउँबाट यसको सिक्वेलको उठान गरिने उहाँले बताउनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours