ई–सेवा मनी ट्रान्स्फर : ५ वर्ष पूरा, सय बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीसँग सहकार्य

०१ जेठ, काठमाडौं । डिजिटल रेमिट्यान्स सेवा प्रदायक कम्पनी ई–सेवा मनी ट्रान्स्फरले आफ्नो पाँच वर्षे यात्रा सफलतापूर्वक पूरा गरेको छ ।

नेपालकै अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट ग्रुप अन्तर्गत ३० वैशाख २०७७ मा स्थापना भई सञ्चालनमा आएको ई–सेवा मनी ट्रान्स्फरले स्थापनाकालदेखि नै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै विश्वभरि रहेका २ सयभन्दा बढी देशबाट नेपालीले नेपालमा सजिलै पैसा पठाउने सक्ने सेवा उपलब्ध गराउँदै आएको छ ।

पाँच वर्ष अवधिमा ई–सेवा मनी ट्रान्स्फरले १ सयभन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीसँग सहकार्य गर्दै एक बलियो तथा विश्वासिलो अन्तर्राष्ट्रिय नेटवर्क निर्माण गर्न सफल भएको जनाएको छ ।

यस नेटवर्क मार्फत विदेशमा रहेका नेपालीले आफ्ना प्रियजनको ई–सेवा वालेट, बैंक खाता वा नगद भुक्तानी केन्द्रहरूमा सजिलै, सुरक्षित र प्रभावकारी तरिकाले रकम पठाउन सहज बनाएको छ ।

‘केवल पाँच वर्षको अवधिमै ई–सेवा मनी ट्रान्स्फरले सुलभ, छिटो, सुरक्षित र परिष्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीको मन जितेर उनीहरूको पहिलो रोजाइ बन्न सफल भएकोमा हामी अत्यन्त खुसी र उत्साहित छौं,’ पाँचौं वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने,

‘डिजिटल नेपालको हाम्रो उद्देश्यमा विश्वास राख्दै साथ दिनुहुने सबै साझेदार, ग्राहकवर्ग तथा प्रत्यक्ष वा अप्रत्यक्ष योगदान पुर्‍याउनु भएका सम्पूर्णमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।’

एफवान सफ्ट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले ई–सेवा मनी ट्रान्स्फरको पाँचौं वार्षिकोत्सव नेपालमा वित्तीय सेवा क्षेत्रको रूपान्तरण गर्ने दुरदृष्टि तर्फको एक महत्त्वपूर्ण पाइला भएको बताए ।

‘प्रविधिमा आधारित नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाहरूका माध्यमबाट हामी संसारभरि रहेका नेपालीलाई अझ नजिक ल्याउँदै, वित्तीय समावेशिताको अनुभूति दिलाउने हाम्रो यात्रा अविच्छिन्न रूपमा अगाडि बढिरहेको छ,’ उनले भने ।

You May Also Like

More From Author

+ There are no comments

Add yours