आईपीओ ल्याउने तयारीमा सोलार फार्म, धितोपत्र बोर्डसँग माग्यो अनुमति

२२ वैशाख, काठमाडौं । सोलार फार्मले सवा १९ करोड रुपैयाँभन्दा बढीको आईपीओ ल्याउनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो ।

सेबोनले अनुमति दिएमा सोलार फार्मले १९ करोड २८ लाख ५७ हजार २०० रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १९ लाख २८ हजार ५७२ कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours