हेपाली हाइटबाट पक्राउ परेका रवि लामिछानेलाई आज भैरहवा पठाइने

२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार भैरहवा लैजाने तयारी गरिएको छ। बूढानीलकण्ठको हेपाली हाइटबाट पक्राउ परेका उनलाई विमानमार्फत भैरहवा पुर्‍याइने प्रहरीले जनाएको छ।

हाल लामिछानेलाई काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ। शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का एसपी सुधीरराज शाही र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टको नेतृत्वमा रहेको टोलीले उनको घरमा पुगेर पक्राउ गरेको हो।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम सहकारी काण्डमा संलग्न भएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले यो आदेश दिएको हो।

यसअघि रुपन्देही जिल्ला अदालतले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयलाई उच्च अदालतले बदर गरेपछि लामिछाने पक्राउ परेका हुन् ।

उक्त प्रकरणमा जिल्ला अदालतको निर्णयविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन दिएका थिए। अब उनलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours