पत्रकार महासंघ कोरियाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा

२२ फागुन, काठमाडौँ । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्वारा आयोजना हुनगइरहेको साधारणसभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको तयारी पुरा भएको छ। आईतबार संस्थाका उपाध्यक्ष केशव पोखरेलले कार्यक्रमको ब्यबस्थापन लगायत सम्पूर्ण तयारी पुरा भईसकेको बताए।

सन् २००७ मा स्थापना भएको नेपाल पत्रकार महासंघको दक्षिण कोरिया शाखाले पत्रकारिता क्षेत्रसँग सम्बन्धित तथा अन्य समाजिक विषयहरुमा बैठक, भेला, सभा, सम्मेलन, गोष्ठि, अन्तरक्रिया, प्रशिक्षण लगायतका विभिन्न रचनात्मक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ।

कार्यक्रमको उदघाटनका लागि नेपाल लगायत विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि, दक्षिण कोरियाका लागि नेपाली राजदुतावासका श्रम काउन्सेलर मैया कंडेल लगायत नेपाली संघ संस्थाका प्रतिनिधिहरु एवं कोरियाली समुदायका विशिष्ट व्यक्तित्वहरु कार्यक्रममा सहभागि हुने महासचिव बासुदेव भट्टले जानकारी दिए ।

कार्यक्रममा कोरियामा रहेर देश र समुदायका लागि महत्वपूर्ण योगदान पुर्याएका ब्यक्ति हरुलाई सम्मान साथै उक्त कार्यक्रमले यहाँ रहेका नेपाली श्रमिक र बिध्यार्थीहरुको लागि कोरियाको बसाईं सहज र सरल बनाउनका लागि ठुलो भुमिका खेल्ने संस्थाका कार्यबाहक अध्यक्ष सन्तोष खड्काले बताएका छन्।

मार्च ९ तारिख आईतवार राजधानी सौल स्थित दोङ्देमुनको से(माउल बैङ्कको पाचौ तलामा आयोजना हुन गईरहेको कार्यक्रममा ३०० भन्दा बढि नेपाली समुदायको उपस्थित रहने अपेक्षा रहेको समेत खड्काले बताए।

You May Also Like

More From Author

+ There are no comments

Add yours