दसैँको टीका थाप्न आफन्तकहाँ जाने चटारो, पूर्णिमासम्म आशीर्वाद लिइने

आज एकादशीको दिन पनि दशैंको टीका लगाइँदै

०५ कार्तिक, काठमाडाैँ । विजयादशमीमा घरपरिवारसँग टीका र जमरा लगाएकाहरू आज दसैँको दोस्रो दिन मान्यजनको आशीर्वाद थाप्न आफन्तकहाँ पुगिरहेका छन् ।

टाढा रहेका आफन्त तथा मान्यजनसँग भेटघाट गर्दै नवदुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने क्रम आज पनि जारी छ ।

विजयादशमीकै दिन सबै आफन्तकहाँ पुग्न नभ्याएकाहरूले आजदेखि कोजाग्रत पूर्णिमासम्म अनुकूल समय मिलाएर टीका लगाउने गर्दछन् ।

नेपालका कतिपय ठाउँमा विजयादशमीका दिन मात्रै टीका लगाउने चलन भए पनि अधिकांश स्थानमा कोजाग्रत पूर्णिमासम्म टीका, जमरा र आशीर्वाद लिने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नवदुर्गा भवानीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दसैँको टीका र जमरा ग्रहण गर्न सकिन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours