०५ कार्तिक, काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सम्पूर्ण खेलहरूले ‘लिष्ट ए टी-२०’ को आधिकारिक मान्यता प्राप्त गरेका छन्।
क्यानले एक सूचना जारी गर्दै यसबारे आधिकारिक जानकारी दिएको हो।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि एनपीएलको तेस्रो संस्करणलाई आधिकारिक स्वीकृति प्रदान गरिसकेको छ।
एनपीएल आगामी कात्तिक ९ गतेदेखि सञ्चालन हुँदैछ। प्रतियोगिताले पाएको यो आधिकारिक मान्यताले नेपाली क्रिकेटको समग्र विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय मञ्चमा पहिचान अभिवृद्धि गर्न थप महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास क्यानले लिएको छ।



+ There are no comments
Add yours