यस्तो छ, ‘नो केबलवकार’ पक्ष र सरकार बीचको

२३ माघ, काठमाडाैं । पाथीभरा (मुक्कुम्लुङ) केबलकार निर्माण विरुद्ध आन्दोलनरत पक्ष र सरकार बीच ६ बुँदे सहमति भएको छ। 

दुई पक्ष बीच मंगलबार राति अबेर सहमति भएको हो। सहमतिमा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ। 

आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क  र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गरिने वार्ता सहजीकरण समितिका तर्फबाट सरस्वता सिंगक (सरु) र सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईद्वारा  हस्ताक्षरित पत्रमा उल्लेख छ। 

सहमतिमा प्रमुख बुँदा 
-पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने।
-सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क  र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने।
-२०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने।
-आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने।
-मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने।
-मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न मिति २०८१ माघ २७ गते बिहान ११ः०० बजे वार्तामा बस्ने।

सरस्वता सिंगक (सरु)
वार्ता सहजीकरण समितिको तर्फबाट

प्रेम प्रसाद भट्टराई
सहसचिव
वार्ता टोलीका संयोजक

https://www.himalkhabar.com/news/143914?utm_source=nepalipatro&utm_medium=np_mobile&utm_campaign=np_news

You May Also Like

More From Author

+ There are no comments

Add yours