रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता, ३८ करोड मागदाबी

२३ माघ, काठमाडौँ । चितवनको साहारा सहकारी संस्थाको रकम ठगी गरेको अभियोगमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय चितवनले अदालतमा मंगलबार लामिछाने, छविलाल जोशीसहित १५ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गराएको हो ।

यसअघि ठगीको आरोपमा १७ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो र अहिले थप १५ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता भएको हो । अभियोगपत्रमा ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ जाहेरीवालाहरूलाई क्षतिपूर्ति भराउनुपर्ने मागदाबी गरिएको छ।

साहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ । लामिछाने गोरखा मिडियाका पूर्व एमडी हुन् भने जोशी पूर्व सञ्चालक हुन्। अन्य गोरखा मिडियाका अध्यक्ष जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनी, तिनका सञ्चालक तथा शेयरधनी हुन्। हाल जिबी राई भने फरार छन् ।

यसअघि लामिछाने विभिन्न तीन जिल्लाका सहकारीको मुद्दाबाट धरौटी रकममा छुटेका थिए । सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटी बुझाएर उनी छुटेका हुन्। अब उनको यात्रा चितवनतर्फ मोडिएको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours