कियाले किया २.० एसयूभी लाइनअपको पहिलो ‘एसयूभी साइरोस’ ल्याउँदै

२८ कार्तिक, काठमाडाैं । किया मोटर्सले गत महिना दुई प्रिमियम कार किया कार्निभल लिमोजिन र किया ईभी९ भारतीय बजारमा ल्याएको थियो र यस अवसरमा कम्पनीले आफ्नो नयाँ एसयूभीको बारेमा पनि जानकारी दिएको थियो। कियाले आफ्नो किया २.० एसयूभीअन्तर्गत आगामी समयमा नयाँ एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ।

किया इन्डियाले नोभेम्बर ११ मा किया २.० एसयूभी लाइनअपको पहिलो एसयूभी साइरोस चाँडै ल्‍याउने घोषणा गरेको हो। सो एसयूभीमा बोल्ड डिजाइन र एड्भान्स टेक्नोलोजीको साथमा उत्कृष्ट सेफ्टी फिचर र परफर्मेन्स हुनेछ। कियाले साइरोसको टिजर भिडियो पनि जारी गरेको छ ।

किया मोटर्सले अर्को वर्ष हुने मोबिलिटी एक्सपोमा किया साइरोस प्रदर्शन गर्न सक्ने अपेक्षा गरिएको छ। यद्यपि कम्पनीले यस सम्बन्धमा कुनै ठोस जानकारी दिएको छैन। हाल कियाले भारतीय बजारमा सब–४ मिटर कम्प्याक्ट एसयूभी सोनेट मार्फत बिक्री बढाइरहेको छ। साथै सेल्टोस र क्यारेन्सले पनि आफ्नो क्षेत्रमा राम्रो काम गरिरहेको छ। यसैबिच हालै लन्च गरिएको कार्निभल लिमोजिनले पनि राम्रै बुकिङ पाएको छ।

कियाले यसको ईभी९ को साथ प्रिमियम इलेक्ट्रिक एसयूभी सेगमेन्टमा पनि राम्रो गरिरहेको छ। कियाले अब साइरोस मार्फत एसयूभी प्रेमीलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने तयारी गरिरहेको छ।

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10001 milliseconds with 0 bytes received

You May Also Like

More From Author

+ There are no comments

Add yours