प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

०७ कार्तिक, काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले कूल एक लाख ६२ हजार ९५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको सेयरमा संस्थापकि सेयरधनी लगायत योग्य व्यक्ति-कम्पनी-संघ-संस्थाहरुले पनि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले आजदेखि कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने छन् । संस्थापक शेयर प्रति कित्ता न्युनतम मूल्य १८० रुपैयाँ तोकिएको छ ।

वोलपत्र आवेदन फाराम प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाण्डौवाट प्राप्त गर्न सकिने छ । वोलपत्र पेश गर्दा न्युनतम १ लाख ६२ हजार ९५० कित्ताको लागि आवेदन दिनु पर्नेछ ।

प्राप्त वोलपत्रहरुको छानविन गरी रितपूर्वक प्राप्त वोलपत्रहरु मध्ये समान मूल्यमा शेयरको लागि आवेदन दिएमा विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथामिकता प्रदान गरेपश्चात मात्र अन्यलाई सवै भन्दा वढी वोलकवोल गर्ने आवेदकहरुलाई शेयर वाँडफाँड गरिने छ ।

वोलकवोलमा शेयर विक्री गर्दै जाँदा एउटै मूल्यमा दुइ वा दुईभन्दा वढी वोलपत्र आवेदनहरु पर्न गई बाँडफाँड हुन वाँकी शेयरभन्दा वढीको माग भएमा माग गरेको शेयरको आधारमा समानुपातिक रुपमा शेयर वाँडफाँड गरिने कम्पनीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/`; the status code is `200` and content-type is `text/html; charset=UTF-8`

You May Also Like

More From Author

+ There are no comments

Add yours