२४ असाेज, काठमाडौँ । दसैं नविकिएसंगै रेमिट्यान्सको आप्रबाह पनि बढ्न थालेको छ । चाडपर्वको बैदेहिक रोजगारमिा भएका नेपालली आफ्नो परिवारलाइ खर्च पठाउने क्रम बढ्ने भएकाले पनि रेमिट्यान्स आप्रबाहमा वृद्धि भएको हो ।
स्वदेशमा सम्भावना नभेटेपछि आर्थिक जीविकोपार्जन एवं अध्ययनका लागि बाहिरिने नेपालीको संख्या बढ्दै गएको छ । विदेशीनेको संख्या संगै रेमिट्यान्स आप्रबाह पनि ह्वात्तै बढेको हो । चाडपर्वको समयमा रोजगारका लागि मात्र नभई अध्ययनका लागि विदेशीएकाले समेत भर परिवारलाइ पैसा पठाउने हुँदा विप्रेषण आप्रबाह बढ्छ ।
तर, यसरी आएको रेमिट्यान्स परिवार खर्चकै लागि मात्र प्रयोग हुने गरेको छ । दसैँको समयमा ओहिरिएको रेमिट्यान्स घर परिवारको खाना, दक्षिणा, लत्ता कपडा, गरगहना लगायतका क्षेत्रमा खर्च हुने गरेको केन्द्रीय बैंकको अध्ययनले समेत देखाइसकेको छ ।
कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया, बराईन, साउदी अरविया लगायतका खाडी, मध्यपूर्वी एसियली मुलुक तथा जपान, अमेरिका, अष्ट्रेलिया र युरोपका विभिन्न मुलुकहरु नेपालमा रेमिट्यान्स प्राप्त गर्ने प्रमुख राष्ट्रहरु हुन् । यसैगरी भारत पनि नेपालमा रेमिट्यान्स पठाउने मुलुक सूचीहरुको अग्रस्थानमा नै छ । तर, भारबाट औपचारी भन्दा अनौपचारीक बाटोबाट धेरै रेमिट्यान्स आउने भएकाले शिर्ष देशको सुचीमा भारत छैन ।
यसरी आएको रेमिट्यान्सलाई लगानीमा उपयोग गर्नुपर्ने नेपाल रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् । नेपालको ६० प्रतिशत मानिस रेमिट्यान्समा आश्रित रहेको भन्दै सरकारले वैदेशिक रोजगारमा गएर फर्किएकाको हात खाली नहुने योजना ल्याएर रेमिट्यान्सलाई सदुपयोग गर्नुपर्ने बताए ।
अध्यक्ष भण्डारीले भने, ‘जति पनि आएको पैसाको २० प्रतिशत लगानी गर्ने र त्यो लगानी बापत केही प्रतिशत मुनाफा उसलाई दिने गरियो भने उसको पैसा बचत पनि हुन्छ ।’ वैदेशिक रोजगारीमा गएको श्रमिकले विदेशमा कमाएर पठाएको पैसाको केही प्रतिशत सरकारले नै जम्मा गरिदिने र ऊ फर्किएपछि सरकारले नै त्यो पैसा कुनै परियोजनामा लगानी गरिदिने वातावरण बन्यो भने रेमिट्यान्सको राम्रो सदुपयोग हुने उनको भनाइ छ ।
यो वर्ष रेमिट्यान्स झनै बढ्ने
गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षको दसैँको समयमा रेमिट्यान्स झनै बढ्ने राष्ट्र बैंकले जनाएको छ । बाहिरी मूलुकहरुमा जाने कामदारको तलब वृद्धि भएसँगै रेमिट्यान्समा पनि वृद्धि हुने अपेक्षा गरिएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी भगवत आचार्यले बताए ।
यो वर्ष गत वर्षको भन्दा १० देखि १५ प्रतिशतसम्म रेमिट्यान्स आप्रवाह बढ्ने उनको तर्क छ । गत वर्ष भन्दा दक्ष जनशक्ति बढेका छन् आचार्यले भने, “ खाडि मूलुकहरु भन्दा युरोप कन्ट्रीहरु जाने श्रमिकको संख्या बढ्दै छ । खाडि मूलुकहरुमा जाने पनि दक्ष भएका छन् । उनीहरुको तलव बढेको छ । त्यसैले रेमिट्यान्स पनि बढ्छ । ”
गत आर्थिक वर्ष (२०८०\८१) मा असोज महिनामा १ अर्ब ३६ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यस्तै, आर्थिक वर्ष (२०७९\८०) मा दसैँको समय अर्थात् असोज महिनामा मात्रै ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने आर्थिक वर्ष (२०७८\७९) मा ८३ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स संकलन भएको थियो ।
यसैगरी, आर्थिक वर्ष (२०७७\७८) को दसैँको समयमा ९३ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिदा आर्थिक वर्ष (२०७६\७७) मा ७६ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
कुन वर्ष कति रेमिट्यान्स भित्रियो ?
आर्थिक वर्ष २०७६\७७ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई ८ खर्ब ७९ अर्ब २७ करोड पुगेको थियो । यस वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ९० हजार ४५३ थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई १ लाख ७७ लाख ९८० पुगेको थियो ।
आर्थिक वर्ष २०७७\७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई.९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ पुगेको थियो । यस वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालीको संख्या ७२ हजार ८१ थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति ९४ लाख ४५३ जनाले लिएका थिए ।
यसैगरी, आर्थिक वर्ष २०७८\७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई १ खर्ब ७ अर्ब ३१ करोड पुगेको थियो । यो वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ३ लाख ५४ हजार ६६० थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १९८.५ प्रतिशतले वृद्धि भई २ लाख ८२ लाख ४५३ पुगेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७९\८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । यो वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको थियो भने वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको थियो ।
आर्थिक वर्ष २०८०\८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि ४ लाख ६० हजार १०३ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिएका थिए ।
‘रेमिट्यान्स दिगो स्रोत होइन’
वैदेशिक तथा आन्तरिक लगानी, आर्थिक वृद्धि, आन्तरिक रोजगारी जस्ता सूचक राम्रो नभएको अवस्थामा रेमिट्यान्स महत्वपूर्ण भएको अर्थविद् चन्द्रमणि अधिकारीले बताए । तर, रेमिट्यान्स विदेशी मुद्रा सञ्चितिको लागि भरपर्दो भए पनि दिगो स्रोत भने नभएको उनले बताए । उनले सरकारले रेमिट्यान्स नभएको अवस्थामा पनि आर्थिक गतिविधि चलायमान हुने दिगो योजना ल्याउनुपर्ने बताए ।
नेपालका लागि रेमिट्यान्स ‘सिटामोल’ भएको भन्दै उनले भने, ‘सिटामोलले तत्काललाई त जरो निको पार्छ । तर, दीर्घकालसम्म यसको मात्र भर परेर हुँदैन ।’ रेमिट्यान्स सदुपयोगका लागि आन्तरिक लगानी बढाउनुको विकल्प नभएको उनको भनाइ छ ।
+ There are no comments
Add yours