Advertisement

हाम्रो नयाँ कृषि सहकारी ठगी आरोपीविरुद्ध मुद्दा नचल्ने, पक्राउ परेका तीनै जना छुटे

0 9

Advertisement

५ वैशाख, काठमाडौं । काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका सञ्चालकहरू रिहा भएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को रायअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको हो ।

सहकारी अपचलनमा संलग्नले अपचलन गरेको रकम फिर्ता गरेपछि सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको सीआईबी एआईजी श्यामलाल ज्ञवालीले बताए ।

सरकारी वकिलको कार्यालयको निर्णयअनुसार पक्राउ परेका तीन जना हाम्रो नयाँ कृषि सहकारी उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र सञ्चालक नविन अछामीलाई प्रहरीले थुनामुक्त गरेको हो ।

सहकारी पीडित उजुरीकर्ताको रकम पिर्ता भए पनि उनीहरूविरुद्ध मुद्दा चलाउनु नपर्ने रायसहित प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यालय पठाएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी अनुसन्धान क्रममा पक्राउ परेका सहकारी सञ्चालकहरू ओमप्रकाश गुरुङ र दुर्गा चापागाईलाई पनि सीआईबीले काठमाडौं झिकाएर बयान लिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.