Advertisement

भरतपुरमा आगामी शुक्रबारदेखि औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला हुँदै

0 11

Advertisement

०५ वैशाख, काठमाडाैं । चितवन उद्योग संघ र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा भरतपुरमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला हुने भएको छ । संघको चितवन प्रदर्शनी केन्द्रमा हुने मेला आगामी वैशाख ७ गते शुक्रबारदेखि ११ गते मंगलबारसम्म हुने आयोजकले जानकारी दिएको हो ।

चितवन उद्योग संघका उपाध्यक्ष एवं प्रदर्शनी विभागका संयोजक दिनुपकुमार बरालले मेलामा औद्योगिक र सूचना प्रविधिसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १५० वटा स्टल रहने बताए । त्यसमध्ये सातवटै प्रदेशका उद्योग मन्त्रालयको सिफारिसमा तीन–तीनवटा निःशुल्क स्टल रहने छन् । मेलाको स्वदेशी तथा विदेशी गरी २५ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

मेलाले लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नवीनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्‍याउने, कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधिलगायतका सेवाजन्य उद्योग एवं उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने र व्यवसायी–व्यवसायी तथा व्यवसायी–उपभोक्ता भेटघाटका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणका लागि सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

त्यस्तै, प्रदर्शनीका क्रममा स्वदेशी एवं विदेशी उद्योगीहरुका बीच प्रत्यक्ष भेटघाटका माध्यमबाट हुने छलफलबाट औद्योगिक उत्पादनको चरणमा वस्तुको बजार र उपभोक्ता आकर्षित गर्न, ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ प्रक्रियाका सम्बन्धमा अभिवृद्धि गर्न तथा व्यावसायिक सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने बरालले बताए ।

मेला अवधिभर शून्य प्रतिशत व्याजदरसहित किस्ताबन्दी सुविधामा ल्यापटप खरिद गर्न र कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको निःशुल्क मर्मत गरिने क्यान चितवनका अध्यक्ष टेकलाल भूषालले बताए । अनलाइनबाट रजिष्ट्रेसन गरी आउने अवलोकनकर्तामध्ये दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षक पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।

मेलाअन्तर्गत नै क्यान चितवनसँगको सहकार्यमा ‘चितवनको समृद्धि स् सूचना प्रविधि’ भन्ने मुख्य उद्देश्य राखी टेकमाइन्ड्स नेटवर्क क्यान इन्फो टेक चितवन–२०८१’ आयोजना हुने उनले बताए । उक्त प्रदर्शनी अवधिभर टेकमाइन्ड इन्टरनेट जडान गर्ने अवलोकनकर्तालाई विशेष सहुलियत प्याकेज उपलब्ध हुने बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.