आजको मौसम जानकारी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
०५ बैशाख, काठमाडौँ । आज ४ वटा प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यस्तै, कोशी, वागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ।
आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकीका पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।