Advertisement

पर्मेश्वरको मण्डली विश्व सुसमाचार समाजको आयोजनामा १३२९ औं विश्व रक्तदान दिवस सम्पन्न

0 332

Advertisement

२९ चैत,काठमाडौं । निस्तार- चाडको प्रेम,जिवन बचाउने प्रेम` भन्ने मुल नाराका साथ आज १३२९ औं विश्वव्यापी रक्तदान दिवस विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाइएको छ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज द्वारा आयोजित,नेपाल रेडक्रस सोसाइटी सङ्गको समन्वय रहेको कार्यक्रममा काठमाडौं क्षेत्र नं ४ को प्रदेशसभा ख को बागमती प्रदेशसभा सदस्य माननीय जयराम थापाको प्रमुख आतिथ्यता रहेको
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका का मेयर मिठाराम अधिकारीको विशेष आतिथ्यता एवम् अन्तर्राष्ट्रिय वि लव यु फाउन्डेसन नेपालका अध्यक्ष किशोर साम्सोहाङ अतिथि रहेको उक्त कार्यक्रमको कार्यक्रमका सभापतित्व तेजेन्द्र गौतमले गरेका थिए ।

कार्यक्रममा बोल्दै  प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य माननीय जयराम थापाले हाम्रो संबिधानले सबै धर्मलाई सम्मान रूपमा हेर्ने गरेको कारण नै हामी नेपाली बहु जातीय,बहु भाषिक ,बहु सांस्कृतिक भएका हौ । अब देशको नेतृत्वको जिम्मा युवाको काथमा आएको छ अब आगामी निर्वाचनमा युवा राजनीतिमा आउन जरुरी रहेको उनले बताए ।

मन्त्वय कै क्रममा बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले हामी एक व्यक्तिको सहयोगले एक व्यक्तिको ज्यान जोगाउन रक्तदान आवश्यक रहेको हुँदा हामी बर्षमा तीन देखि चार पटक सम्म रक्तदान आवश्यक रहेको बताएका छन् ।

कार्यक्रमका सभापति तेजेन्द्र गौतमले हामीले विश्वव्यापी रूपमा मानवप्राणीको रक्षाका निम्ति रक्तदानलाई विशेष प्राथमिकता दिदै अहिले हाम्रो संस्थाले नेपालका ७७ औं जिल्लामा बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र हामी महा बिनाशकारी भुकम्प देखि देशमा हुने प्राकृतिक बिपत्तिमा गर्ने सहयोग संगै शिक्षा एवम् स्वास्थ्यको क्षेत्रमा पनि पनि सक्रिय रुपमा काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.