Advertisement

राप्रपाले निषेधित क्षेत्र तोड्न खोज्दा भद्रकालीमा झडप, प्रहरीले हान्यो पानीको फोहोरा

0 31

Advertisement

२७ चैत, काठमाडौँ । राप्रपाको प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । काठमाडौँको भद्रकालीबाट प्रदर्शनकारी सिंहदरबारतर्फ अघि बढ्न खोज्दा झडप भएको हो ।

प्रदर्शनकारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रण गर्न बल प्रयोग गरेको जनाएको छ । त्यसक्रममा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले ‘राजावादी अघि बढ्यो’, ‘राजतन्त्र जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनकारीहरूले ढुङ्गामुढासमेत गरेका थिए । त्यसक्रममा केही घाइते भएका छन् ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनमा सहभागी राप्रपासमर्थितहरूबीच झडपसमेत भएको थियो । त्यहीक्रममा प्रहरीले पानीको फोहोरा हानेको हो ।

गत फागुन ९ गते राप्रपाले सरकारसँग ४० बुँदे माग राखेको थियो । उक्त मागबारे सरकार उदासीन देखिएको भन्दै राप्रपाले जनप्रदर्शन गरेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.