Advertisement

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

0 15

Advertisement

१६ चैत, काठमाडाैं । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका बेकरी उद्योग सङ्कटमा पर्दै गएका छन् ।

लुपिछिपी झापाको सीमावर्ती क्षेत्रबाट पाउरोटी, बिस्कुट, केकलगायत बेकरीजन्य खाद्यवस्तु भित्रिँदा यहाँका उद्योग सङ्कटमा पर्दै गएका जिल्लास्थित बेकरी उद्योग व्यवसायी सङ्घका अध्यक्ष नरबहादुर गिरीले बताएका छन् । “भारतबाट आयत हुने बेकरी सस्तो हुन्छ, स्वदेशी उत्पादनको गुणस्तर राम्रो भए पनि मूल्यमा प्रतिस्पर्धा गर्न सकिँदैन”, उनले भने, “जसले गर्दा उद्योग सञ्चालन गर्न गाह्रो भइरहेको छ ।”

झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठले कच्चापदार्थ आयातमा बढी भन्सार लगाइँदा स्वदेशी उद्योग सङ्कटमा पर्दै गएका बताए । “गहुँ आयात गर्दा ४० प्रतिशत कर लाग्छ, तयारी बिस्कुट आयातमा २५ प्रतिशत कर लाग्छ”, उनले भने, “सरकारको नीति निर्यातमुखीभन्दा पनि आयातमुखी जस्तो देखिएको छ ।” सरकारले स्वदेशी उद्योग टिक्नसक्ने र स्वदेशी उत्पादन बिक्नसक्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

जिल्लास्थित नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमलीले राज्य सञ्चालनका लागि ठूलो योगदान गरिसकेको उद्योग–व्यवसायको क्षेत्रलाई विशेष प्राथमिकता दिएर सरकारले नीति बनाउनुपर्नेमा जोड दिए । “विदेशी होइन, स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गर्न सकिने उद्योग खोल्नुपर्छ”, उनले भने, “सरकारले पनि यसमा सहयोग गर्न आवश्यक छ ।”

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रकाश सापकोटाले पछिल्लो समय बजार अनुगमन गरेर भारतीय बेकरीजन्य वस्तु नष्ट गरिएको जनाए । “अनुगमन गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो”, उनले भने, “पुनःत्यस्तो समस्या देखिएको छ, अनुगमन गर्छौैं ।”

बेकरी उद्योगमा दक्ष कामदार (ओभन मास्टर) को अभाव भएको र भारतीय कामदारको भरमा उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उद्योगी–व्यवसायीले गुनासो गर्दै आएका सापकोटाले बताए । उनले सोको समाधानका लागि कार्यालयले चाँडै ‘ओभन मास्टर’ तालिम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

बेकरी उद्योग सङ्घमा ४७ वटा बेकरी उद्योग आबद्ध छन् । ती उद्योगले पाँच हजारदेखि १० हजार जनालाई प्रत्यक्षपरोक्ष रुपमा रोगजारी प्रदान गरिरहेका सङ्घकी सदस्य भीमा शिवाकोटीले जानकारी दिए । उहाँले निरन्तर कच्चापदार्थको मूल्यवृद्धि भए पनि पुरानै दररेटमा उत्पादित वस्तु बिक्री गरिरहेकाले समस्या भइरहेको बताए ।

दक्ष कामदार उपलब्ध हुँदा पनि उनीहरुको मागअनुसारको पारिश्रमिक दिनेसक्ने अवस्था नरहेको उद्योगी बताउँछन् । भारतबाट अवैधरुपमा आयात हुने बेकरीजन्य वस्तुको नियन्त्रण, दक्ष जनशक्ति उत्पादनका लागि तालिम, स्वदेशी उत्पादनलाई प्रोत्साहन हुनेगरी नीति निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.