Advertisement

उफ् ! आँचल, आँचल

0 26

Advertisement

१४ चैत, काठमाडाैं । फिल्म ‘एक मुठ्ठी बादल’को छायांकनको तयारीमा छिन् नायिका आँचल शर्मा । आफ्नो अभिनयको कारण दर्शकको मन जितिरहेकी यी सुन्दरीले २ दिन अगाडि मात्र आफ्नो जन्मदिन मनाइन् ।

उनै, आँचलले सामाजिक संजालमा पोष्ट गरेका दुई तस्विरले उनका फ्यानको ध्यान खिचेको छ । पहिरनको मामलामा आँचल अग्रपङ्क्तिमा छिन् । साथै, उनले आफूलाई फिट राख्न पनि हरदम कोशिश गरेको पाइन्छ । यसैले त, सामाजिक संजालमा उनले बेलाबखत पोष्ट गर्ने तस्विरले प्रशंसा पाइरहेको हुन्छ ।

आँचलको यो बर्ष ‘नाई नभन्नु ल ६’ मात्र रिलिज भयो । तर, उनले फिल्म भने केहीको छायांकन गरिन् भने केहीको छायांकन हुन बाँकी छ । आँचलको आउँदो बर्ष व्यस्तता अझै बढ्ने देखिएको छ । ‘बर एण्ड बधू, पिताम्बर, दुःखी आत्मा’ लगायतका फिल्ममा पनि उनले काम गर्न बाँकी नै छ ।

आँचललाई फिल्ममा लिनका लागि निर्माताहरू पनि लालायित भएको पाइन्छ । यो कुरा बुझेकी आँचलले आफ्नो अभिनय त सुधारेकी छन् नै, आफूलाई फिट राख्न पनि खुबै मिहिनेत गरेकी छिन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.