Advertisement

आज तराई होलि,तराई–मधेश क्षेत्रमा हर्साोलासपूर्वक मनाइँदै

0 17

Advertisement

१२ चैत, काठमाडौं । हिमाली तथा पहाडी क्षेत्रमा आइतबार मनाइएको होली देशको तराई–मधेश क्षेत्रमा आज(सोमबार)हर्साोलासपूर्वक मनाइँदै छ ।पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा आज प्रतिपदाका दिन तराई–मधेसका जिल्लामा मनाउने परम्परा छ।

सरकारले तराईका जिल्लाहरुमा आज (सोमबार)सार्वजनिक बिदा दिएको छ।

स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भानिन्छ ।

तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.