Advertisement

बेलायतमा ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन’ आयोजना हुने

0 10

Advertisement

२८ फागुन, काठमाडौं । बेलायतमा ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन-२०२४’ आयोजना हुने भएको छ । दोस्रो संस्करणको यो कार्यक्रम जेठ २७ देखि असार १ गतेसम्म हुने जनाइएको छ ।

डायस्पोरामा नेपाली कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले थर्ड आई लिमिटेडले कार्यक्रम गर्न लागेको हो । महोत्सवमा १० नेपाली फिल्म प्रदर्शन हुने निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोजक संस्थाका अध्यक्ष विकास देवकोटाले कार्यक्रमले बेलायतमा नेपाली फिल्मको बजार विस्तारमा टेवा पुग्ने बताए । ‘हामी नेपाली परिवेश र मुलुकलाई चिनाउने फिल्म लण्डनमा देखाउने छौं । यसले नेपाली फिल्मको बजार विस्तारमा टेवा पुर्‍याउनेछ । नेपाली कला, संकृतिलाई पनि प्रवर्द्धन गर्नेछ,’ उनले भने ।

महोत्सवले फिल्मको निर्माण शैली र ट्रेन्डबारे प्रवासी नेपाललाई जानकारी गराउने तथा नयाँ स्वाद बोकेका फिल्म प्रदर्शन गर्दा विदेशी बजार समेत बिस्तार हुने बताइएको छ ।

आयोजकले यो महोत्सवमा ५० वटा फिल्मको आवेदन पर्ने आशा गरेको छ । जसबाट १० फिल्म मनोनयन गर्ने र पाँचलाई सम्मान गर्ने तयारी गरिएको छ । आयोजकले महोत्सवमा भाग लिन चाहने फिल्म मेकरले थर्ड आईको फेसबुक पेजमा गएर आवेदन दिन सक्ने बताएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.