Advertisement

कम्प्युटरमा काम गर्दा आँखा सुक्खा भइरहन्छ, के गर्ने ?

0 12

Advertisement

२२ फागुन, काठमाडौं । हिजोआज आँखा सुक्खा हुने समस्याबाट जो कोही प्रभावित छन् । प्रविधिको बढ्दो प्रयोगसँगै आँखालाई पनि असर पारिरहेको छ । कार्यालयमा काम गर्दा कम्प्युटर, ल्यापटप प्रयोग गर्नैपर्ने हुन्छ । यस्तै आजभोलि स्मार्ट फोनबिनाको जीवन सोच्न पनि असम्भव प्राय: भइसक्यो ।

तर यस्ता ग्याजेटको बढी प्रयोगले आँखा सुक्खा हुने गर्छ । यसको हुनु भनेको आँखामा आँसुको मात्रा कम हुनु हो । जसलाई कम्युटर भिजन सिन्ड्रोम भनिन्छ ।

कसरी हुन्छ ?

कम्प्युटर वा स्क्रिनयुक्त उपकरणको लामो समय प्रयोग गर्दा वा हेर्दा आँखाको परेला पनि धेरैबेर खोल्नुपर्ने हुन्छ । यसले गर्दा आँखाको नियमित गतिमा अवरोध हुन्छ । आँखामा आँसुको कमी हुन्छ र आँखा रसाउन पाउँदैन । जसकारण आँखा सुक्खा हुन्छ ।

लक्षण

आँखा सुक्खा हुँदा आँखा पोल्ने, रातो हुने, आँखा सुन्निने, अगाडिको दृश्य धमिलो हुने, एउटै दृश्यलाई दुई वा दुईभन्दा बढी देखिने, टाउको दुख्ने, ढाड, कम्मर दुख्ने, आँखा भारी हुने, शरीरमा थकान महसुस हुने समस्या देखिन्छ ।

आँखा सुक्खा हुनबाट कसरी बच्ने ?

स्क्रिनमा लामो समय बिताउँदा आँखा सुक्खा हुने समस्याबाट बच्न २०-२०-२० को नियम उत्तम हुन्छ । यसको अर्थ हरेक २० मिनेट कम्प्युटर, ल्यापटपमा काम गरिसकेपछि २० मिटर टाढा आँखा पुर्‍याएर २० पटक आँखा झिम्काउनुपर्छ ।

यो नियम दैनिक पछ्याउन सके आँखालाई सुक्खा हुनबाट जोगाउन सकिन्छ । किनभने यसो गर्दा आँखा झिम्काउँदा आँखामा आँसु निरन्तर उत्पादन हुन्छ ।

यसलाई निरन्तरता दिन नसके पनि सकेसम्म आँखा झिम्काउने बानी बसाल्नुपर्छ । सामान्य अवस्थामा हाम्रो आँखा एक मिनेटमा १५ पटकसम्म झिम्किन्छ तर कम्प्युटरमा काम गर्दा यो दर घटेर पाँचपटकसम्म मात्र हुन पुग्छ । त्यसैले हरेक चार सेकेन्डमा एकपटक आँखा झिम्क्याउने गर्नुपर्छ । लगातार कम्प्युटरमा काम गर्नेहरुले एक घण्टामा पाँच मिनेट आराम गर्नुपर्छ ।

आँखाको कसरत जस्तै आँखा माथि हेर्ने, तल हेर्ने, दायाँ हेर्ने, बायाँ हेर्ने, छड्के हेर्ने र घडीको सुई घुम्ने दिशामा र सुईको विपरीत दिशामा आँखा घुमाउने गर्नुपर्छ ।

कम्प्युटरमा काम गर्दा चस्मा लगाएर गर्नुपर्छ । चस्माले अतिरिक्त प्रकाशलाई आँखामा जानबाट रोक्न मद्दत गर्छ । कम्प्युटर वा स्क्रिनयुक्त उपकरणमा काम गर्दा एकोहोरो नहेरिकन बेलाबेलामा दायाँबायाँ, तलमाथि र स्क्रिन भन्दा बाहिर पनि हेर्नुपर्छ ।

जोखिम

आँखा सुक्खा हुने समस्यालाई समयमै ध्यान दिएन भने यो रोग बढ्दै जान सक्छ । यसले गर्दा मायोपिया, हाइपरोपिया-हाइपरमेट्रोपिया वा अन्य आँखाको समस्या आउन सक्छ । जसलाई समयमा उपचार गरिएन भने दृष्टिविहीनको जोखिम समेत हुन्छ ।

उपचार

आँखा सुक्खा भएको महसुस हुनासाथ चिकित्सकलाई देखाएर आवश्यक औषधि गराउनुपर्छ । चिकित्सकको सल्लाहमा आइड्रप लगाउनुपर्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.