Advertisement

काठमाडौँ उपत्यकाको मौसम बिहानैदेखि बदली, पर्ला पानी?

0 55

Advertisement

१२ डिग्री सेल्सियसमा उक्लियो न्यूनतम तापक्रम, अधिकतम घट्ने सम्भावना

१८ फागुन, काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकाको मौसम यतिबेला (शनिबार बिहान) साधारणतया बदली (आकाश बादलले ढोकेको) छ।

‘आज दिनभर मौसम बदलीकै अवस्थामा रहने सम्भावना छ’, उनले भने, ‘आज घाम देखिने सम्भावना कमै छ, तर आज दिउँसो पानी पर्ने सम्भावना अलि कम देखिएको छ।’

उनले थपे, ‘आज दिउँसो उपत्यकामा पानी पर्ने सम्भावना १०/२० प्रतिशत मात्रै देखिएको छ, उपत्यकाका एक दुई स्थानमा छिटपुट वर्षा होला कि भन्ने अनुमान छ, रातिचाहिँ उपत्यकामा पानी पर्ने सम्भावना अलि बढी देखिएको छ।’

उनका अनुसार पश्चिमी न्यून चापीय प्रणाली (पानी पार्ने मौसम प्रणाली) पश्चिमबाट बिस्तारै पूर्व सर्ने क्रममा छ। यसको प्रभाव बागमती र कोसी प्रदेशमा भोलि आइतबार बढी पर्ने सम्भावना छ।

‘सुदूरपश्चिम प्रदेशतिर त अहिले नै वर्षा सुरु भइसकेको छ’, मौसमविद् अधिकारीले भने।

मौसम बदली भएसँगै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको छ।

मामैसमविद् अधिकारीका अनुसार बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियसमा उक्लिएको हो। हिजो शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस थियो।

‘राति आकाश छपक्कै बादलले ढाकेकाले न्यूनतम तापक्रम बढेकोे हो’, उनले भने, ‘दिउँसोचाहिँ घाम नलाग्ने भएकाले अधिकतम तापक्रम भने घट्ने सम्भावना छ।’

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको मौसमविद् अधिकारीको भनाइ छ। हिजो शुक्रबार उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस थियो।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.