Advertisement

गगन थापाको आरोप : सम्पत्ति शुद्धीकरण र राजश्व विभाग प्रधानमन्त्रीको इच्छामा चल्छन्

0 29

Advertisement

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चलेको आरोप लगाउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै महामन्त्री थापाले यस्तो आरोप लगाउनुभएको हो ।

महामन्त्री थापाले यी दुई विभाग चल्ने छुट्टै कानूनी प्रावधान भएपनि कार्यकारीको इच्छा अनुसार चल्ने गरेको आशंका रहेको धारणा राख्नुभयो । उहाँले कार्यकारी शक्ति हुनेहरुले सम्पती शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउने गरेको पनि बताउनुभयो ।

महामन्त्री थापाले राजनीतिक दलको प्रतिष्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएको आफूसँग प्रशस्त प्रमाण रहेको भन्दै बजार हल्ला नभएर बास्तविकता रहेको दाबी गर्नुभयो । उहाँले राजस्व अनुसन्धान विभागले राजश्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्यअनुसार काम गर्न अफ्ठ्यारो भएको विषयमा जानकारी दिन आग्रह गर्नुभयो ।

महामन्त्री थापाले सम्पत्ति शुद्धीकरणले बेनामी उजुरीको आधारमा कुनै एक जना व्यवसायी वा राजनीतिकज्ञलाई दुःख दिने माध्यमको रुपमा काम गरेको आरोप लगाउनु भयो । उहाँले बेनामी उजुरी दर्तामा लैजाने वा नलैजाने भन्ने विषयमा पैसाको मोलमोलाई हुन्छ भन्ने सुनेको समेत बताउनुभयो ।

महामन्त्री थापाले सम्पत्ति शुद्धीकरण विभागले टाक्स फोर्सले दिएको सुझाव बमोजिम घर जग्गा, आयात निर्यात, सहकारीको कारोबार आदीबाट सम्पत्ति शुद्धीकरणका विषयमा काम गर्न आवश्यक रहेको बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.