Advertisement

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्त

0 37

Advertisement

१० फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा केशरजंग बराल नियुक्त भएका छन् । बराललाई त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नियुक्ति पत्र दिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

२०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय रहेका छन् । उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेशा सुरू गरेका थिए ।

बरालसहित प्राडा चित्रबहादुर बुढाथोकी र प्राडा टंकनाथ धमलालाई उपकुलपतिका सिफारिस गरिएको थियो । त्रिविको उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति बराल सिफारिसमा भने दोस्रो नम्बरमा थिए ।

तीमध्ये १ जनाको आवेदन खारेज भएको थियो । त्यसपछि ४२ जनामध्ये १४ जना सर्ट लिष्टमा परेका थिए । सर्ट लिष्टमा परेका १४ जनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिइएको थियो । १४ जनामध्ये सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.