Advertisement

‘ म्यूजिक फर हार्मोनी ’ हुने

0 21

Advertisement

०५ फागुन, नेपालगंज । यही फागुन २६ गते शनिवार नेपालगंजमा ‘ म्यूजिक फर हार्मोनी ’ ( सद्भावका लागि संगीत ) कार्यक्रम हुने भएको छ ।

अन्तरालको व्यवस्थापनमा गर्न लागिएको नेपाल कल्चर फेस्टिवलको अवसर पारेर उक्त कार्यक्रम गर्न लागिएको हो । म्यूजिक फर हार्मोनीकालागि राष्टिय अन्तराष्ट्रिय रुपमै ख्यातिप्राप्त व्याण्ड ‘कुटुम्व ’ तथा गायिका झुमा लिम्बु र रैथाने व्याण्डले पहिलो पटक सहकार्य गर्दैछन् । ‘कुटुम्ब’ले नेपाली लोक बाजाहरुको प्रर्वद्धन, अनुसन्धान र संरक्षणलाई प्रमुखता दिई नेपाली लोकधुनहरुलाई नेपाल मात्र होईन, संसारका धेरै देशका सांगीतिक मञ्चहरुमा प्रस्तुत गरिसकेको छ ।

नेपाली लोक वाजा र धुनहरुलाई नयाँ पुस्ता माझ पुर्याउन कुटुम्बको ठूलो भूमिका छ। पुराना नेपाली लोक गीतहरुको धुनलाई पूर्णत: लोकबाजा वाटै प्रस्तुत गरेर कुटुम्बले नयाँ पुस्ताका दर्शकहरुलाई पनि जुरुक्कै उचाल्ने गरेको छ ।
गायिका झुमा लिम्वु ‘ भर्सटाईल ’ गायिका हुन् । नेपाली रैथाने संगीतमा गहिरो अध्ययन गरेकी झुमाले विदेशी भूमिमा धेरै प्रस्तुति दिएकी छन् ।

‘म्युजिक ट्रयाक ’ मा गीत नगाउने पहिचान बनाएकी लिम्वुले विदेशी र स्वदेशी संगीतकर्मीहरुलाई समेटेर ‘ रैथाने ’ व्याण्ड मार्फत काम गरिरहेकी छन् । सुदूर पश्चिमको देउडा देखि विभिन्न भाषा भाषीका गीत, पूर्वको लिम्वु संस्कृतिको पालाम सम्म आफ्नो स्टेज प्रस्तुतिमा समेट्ने गरेकी झुमा लिम्वु चलचित्रका गीत र पार्श्व गायनमा समेत सक्रिय छन् ।
झुमा सहितको टिमले नेपाली मौलिक बाजाहरुको अध्ययन गर्ने क्रममा आफैले केही नयाँ बाजाहरु वनाएका छन् ।

‘ देशै भरको संस्कृति एकै ठाउँमा झल्काउने गरि आयोजना गरिएको नेपाल कल्चर फेस्टिवल को तयारी तीब्र पारिएको छ’– अन्तरालका कार्यक्रम संयोजक गणेश राईले भने – ‘ म्यूजिक फर हार्मोनीले नेपालगंजवाट संसारलाई सद्भावको सन्देश दिनेछ ।
नेपालगंज रंगशालामा हुने यस कार्यक्रमको टिकट विक्री केही दिनमै शुरु हुनेछ भने विद्यार्थीलाई विशेष सहुलियत हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.