Advertisement

ज्ञानवापी मस्जिदको व्यास तहखानेमा हिन्दू पक्षलाई पुजा गर्ने अधिकार, के हो यो पूरा प्रकरण ?

0 17

Advertisement

१८ माघ, काठमाडौं । अदालतको आदेशपछि हिन्दु पक्षका अधिवक्ता विष्णुशंकर जैनले सात दिनभित्र पूजा सम्पन्न गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएको बताए । हिन्दू पक्षका वकिल जैनले यो निर्णयलाई राम मन्दिरको ताला खोल्ने आदेशसँग तुलना गर्दै यो मुद्दाको टर्निङ प्वाइन्ट भएको बताएका छन् ।

हिन्दू पक्षले केही समयदेखि ज्ञानवापी कम्प्लेक्सको बेसमेन्टमा पूजा गर्न पाउने अधिकारको माग गर्दै आएको थियो । यो तहखाने मस्जिद परिसरमा छ।

हिन्दु पक्षको दाबी : सन् १९९३ सम्म व्यासको तहखानेमा पूजापाठ हुन्थ्यो

आफ्नो याचिकामा हिन्दू पक्षले दावी गरेको छ, “कम्प्लेक्सको दक्षिणी भागमा रहेको तहखानेमा मूर्तिको पूजा गरिन्थ्यो। सन् १९९३ को डिसेम्बर पछि, पुजारी श्री व्यास जीलाई ज्ञानवापीको ब्यारिकेडेड क्षेत्रमा प्रवेश गर्नबाट रोक लगाइएको थियो।

प्रदेश सरकार र जिल्ला प्रशासनले विना कारण तहखानेमा पुजा गर्न प्रतिबन्ध लगाएको हिन्दू पक्षको दाबी छ । हिन्दू पक्षको पनि दावी छ, “अंग्रेजी शासनको समयमा पनि तहखाने व्यास जीको परिवारको कब्जामा थियो र उनीहरूले डिसेम्बर 1993 सम्म त्यहाँ पूजा गर्थे।”

तहखानेको ढोका हटाइ हिन्दू पूजा, पुरातन मूर्तिकला र धार्मिक महत्वका अन्य सामग्री तहखानेमा रहेको हिन्दू पक्षको दाबी छ । हिन्दू पक्षले तहखानेमा पूजा गर्ने अधिकार दाबी गर्दै भन्छन्, ‘तहघरमा रहेका मूर्तिहरूको नियमित पूजा गर्नुपर्छ ।

आफ्नो मुद्दामा, हिन्दू पक्षले तहखानेमा पूजा गर्ने व्यवस्था गर्ने रिसिभर नियुक्त गर्न माग गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.