Advertisement

फिल्म निर्माण बढेसँगै नायिकाहरुको व्यस्तता पनि बढ्यो

0 20

Advertisement

१७ माघ, काठमाडाैं । यो बर्ष रिलिजमा आउने फिल्मको संख्यामा केही कमी आएतापनि आउँदो बर्ष नेपाली फिल्म रिलिजका लागि ठूलै भिडन्त हुने देखिएको छ । आउँदो बर्ष हिट फिल्मका सिक्वेलदेखि स्टार कलाकारहरूको फिल्म रिलिज हुँदैछन् । फिल्म निर्माणको संख्या ह्वात्तै बढेको छ ।

फिल्म रिलिजको संख्या बढेसँगै नेपाली फिल्मका नायिकाहरूको व्यस्तता पनि चुलिएको छ । नाम चलेका अधिकांश नायिकाहरूको हातमा फिल्मको लाइनअप लामो छ ।

नायिका स्वस्तिमा खड्काले दुई वटा फिल्ममा काम गर्ने पक्का जस्तै छ । उनी, चाँडै नै फिल्म ‘बेहुली फ्रम मेघौली’मा काम गर्दैछिन् । यो फिल्मको हाल वर्कशप चलिरहेको छ । यस्तै, निर्देशक निश्चल बस्नेतले एक्सन फिल्म बनाउने घोषणा गरिसकेका छन् । यसमा पनि, स्वस्तिमा हुने निश्चित जस्तै छ । स्वस्तिमालाई अन्य केही फिल्मबाट अफर आएपनि उनले साइन गरिसकेकी छैनन् ।

नायिका मिरुना मगरको व्यस्तता पनि चुलिएको छ । उनको हातमा पनि फिल्मको अभाव नै छैन । उनले अभिनय गरेको ‘जारी र नांगो गाउँ’ यो बर्ष रिलिजमा आइसकेका छन् । मिरुनाको यो बर्ष नै फिल्म ‘रंगेली’ फागुनको २५ गतेबाट रिलिजमा आउँदैछ । उनको विशेष भूमिका रहेको फिल्म ‘हात्तीछाप’ पनि माघ २६ गतेबाट रिलिजमा आउँदैछ ।

मिरुना हाल फिल्म ‘मनसरा’को छायांकनमा व्यस्त छिन् । यो फिल्म सकेपछि उनले ‘घर ज्वाँई’को छायांकन सक्नुपर्नेछ । यो फिल्मको वर्कशप सुरु भइसकेको छ । यस्तै, मिरुनाले फिल्म ‘उनको स्विटर’ पनि साइन गरिसकेकी छिन् । मिरुनाले नै अभिनय गर्ने अर्को फिल्म ‘लोकल हिरो’को छायांकन वैशाखबाट गर्ने तयारी निर्माताको छ । उनको हातमा फिल्मको लाइनअप लामो छ ।

अर्की नायिका आँचल शर्माको हातमा पनि फिल्मको लाइनअप लामो देखिएको छ । आँचलले ‘डिग्री माइला’को छायांकन सकेकी छिन् । अब, उनी फिल्म ‘एक मुठ्ठी बादल’को तयारीमा छिन् । यो बाहेक उनले ‘राजमहल, दुःखी आत्मा, पिताम्बर’ साइन गरिसकेकी छिन् । यस्तै, उनले फिल्म ‘बर एण्ड बधु’को बाँकी रहेको छायांकन पनि सक्नुपर्नेछ ।

नायिका पूजा शर्माले अब केही दिनमा फिल्म ‘दान्भी’को बाँकी रहेको छायांकन सिक्किम पुगेर पुरा गर्ने तयारी गरेकी छिन् । यस्तै, उनी अभिनित फिल्म ‘उपहार’ फागुनको २५ गतेबाट रिलिजमा आउँदैछ । यो बाहेक पूजा नयाँ फिल्मको तयारीमा जुटिरहेको वुझिएको छ ।

नायिका बेनिशा हमाललाई पनि भ्याई नभ्याई छ । उनले, फिल्म ‘सिटामोल’को छायांकन काभ्रेमा सुरु गरिसकेकी छिन् । उनी अभिनित फिल्म ‘उपहार’ रिलिजको तयारीमा छ । यस्तै, बेनिशाले ‘बिजुली, झ्यानाकुटी २, कोतपर्व’ लगायतका फिल्ममा पनि काम गर्दैछिन् ।

नायिका वर्षा राउतले फिल्म ‘महाजात्रा’को छायांकन सकाएकी छिन् । यो फिल्म चैत्रको ९ गतेबाट रिलिजमा आउँदैछ । यसपछि, उनले फिल्म ‘अवतार’मा पनि काम गर्ने पक्का भइसकेको छ । यस्तै, वर्षाले फिल्म ‘तेल भिसा’ पनि साइन गरिसकेकी छिन् ।

नायिका वर्षा सिवाकोटीको लाइनअपमा पनि ३ वटा फिल्म छ । उनले फिल्म ‘मोदीबेनी’को छायांकन मंगलबारबाट सुरु गरेकी छिन् । यसपछि, उनले फिल्म ‘झिल्को र काजी’मा काम गर्दैछिन् ।

नायिका जसिता गुरुङले फिल्म ‘फर्की फर्की’को छायांकन गरिरहेकी छिन् भने अर्की नायिका उपासना सिंह ठकुरी फिल्म ‘खुस्मा’को छायांकनमा व्यस्त छिन् । उनले अभिनय गरेको फिल्म ‘हात्तीछाप’ रिलिजको तयारीमा छ । यस्तै, उनले र्‍यापर भिटेनसँग हरि हुमागाँइले निर्देशन गर्ने फिल्म पनि साइन गरिसकेकी छिन् ।

नायिका मलिका महतको पनि दुई वटा फिल्म रिलिजको तयारीमा छन् । उनले अभिनय गरेको फिल्म ‘अगस्त्य’ र ‘सतीदेवी’ रिलिजका लागि तयार भइसकेका छन् । नायिका अन्जना बराइलीको व्यस्तता पनि बढेको छ ।

अन्जनाले अभिनय गरेको फिल्म ‘चित्रा’ पौष २७ गते रिलिजमा आइसकेको छ । यस्तै, उनी मंगलबारबाट फिल्म ‘पुजार सार्की’को छायांकनमा जोडिएकी छिन् । वुझिएअनुसार, शंकर कार्कीले निर्देशन गर्ने नयाँ फिल्ममा पनि अन्जना आवद्ध भइसकेकी छिन् ।

नायिका आना शर्माको हातमा पनि दुई वटा फिल्म छ । उनले, फिल्म ‘एक्टर र जेरी अन टप’ साइन गरेकी छिन् । यी दुवै फिल्मको छायांकन आउँदो बर्षबाट सुरु हुनेछ । नायिका सुरक्षा पन्त अहिले नाटकमा व्यस्त छिन् । उनले पनि फिल्म ‘पिताम्बर’ साइन गरिसकेकी छिन् ।

नेपाली फिल्म क्षेत्रका अधिकांश नायिकाहरूको हातमा फिल्मको लाइनअप बलियो बनेको छ । अझै, केही फिल्महरू निर्माणको घोषणा हुने तयारीमा रहेकाले यी नायिकाहरू नै व्यस्त हुने पक्का जस्तै छ । नायिकाहरूको यो व्यस्तताले पनि नेपाली फिल्मको मेकिङ कसरी बढेको छ भन्ने थाहा हुन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.