Advertisement

६१ सुन तस्करी प्रकरण: सीआईबी प्रमुखसँग पनि गरियो सोधपुछ 

0 26

Advertisement

१७ माघ, काठमाडाैं । ६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखसँग पनि सोधपुछ गरिएको छ । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरेको हो ।

सुन तस्करी प्रकरणमा मुछिएका एक आरोपी प्रहरी कार्यालयमा पुगेर पनि छुटेको सन्दर्भमा उनीसँग सोधपुछ गरेको समितिले जनाएको छ ।

त्यसक्रममा बज्राचार्यले आफूलाई उक्त विषय थाहा नभएको जवाफ दिएका छन् । त्यस्तै समितिले सुन प्रकरणको अनुसन्धान अधिकृत डीएसपी दुर्गाराज दाहालसँग पनि सोधपुछ गरेको छ ।

सरकारले सुन तस्करीबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

तीन महिनाको समय सीमा सकिएपछि फेरि थप भएको अवधिमा आयोगले सुन प्रकरणसँग सम्बन्धित अन्य व्यक्तिहरूसँग बयान लिइरहेको छ ।

६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ २५ जनामध्ये ६ जनलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको थियो ।

उक्त आदेशसँगै कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुलीलाई धरौटीमा निस्केका छन् ।

सो प्रकरणमा मुख्य आरोपी दावा छिरिङ, टाँसी भनिने थुप्तिन छिरिङ, शिव कुमार सर्राफ, हर्कराज राई, दिलिप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राइ, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्द भने थुनामा रहेका छन् ।

गत साउनमा ’ब्रेक प्याड’मा राखेर अवैधरुपमा भित्र्याएको ६० किलो ७१६ ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.