Advertisement

अत्तरखेलको कान्ति भैरव सहकारीले बचतकर्ताको २६ करोड ठगेको भन्दै अदालतमा मुद्दा दर्ता

0 11

Advertisement

१७ माघ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेका कान्ति भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको करिब २६ करोड रुपैयाँ घोटाला गरेको पाइएको छ।

कान्ति भैरव सहकारीले १११ बचतकर्ताको २५ करोड ९४ लाख ९६ हजार ८९४ रुपैयाँ ठगी गरेको भन्दै अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। बचतकर्ताले दिएको जाहेरीका आधारमा प्रहरीले कान्ति भैरव सहकारीका ९ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ।

पक्राउ पर्नेहरुमा सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवंम् सल्लाहकार प्रेम श्रेष्ठ, कोषाध्यक्ष तथा संयोजक सेरलाल श्रेष्ठ, सहप्रबन्धक राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रामेश्वर श्रेष्ठ, सचिव तथा प्रबन्धक रामदत्त श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, लेखा समितिका संयोजक चन्द्रप्रसाद पौडेलविरुद्ध ठगीको मुद्दा दायर गरिएको छ।

आफूहरुले जम्मा गरेको रकमको साँवा ब्याज पाउँ भन्दै पटक–पटक सहकारीमा गएर माग गर्दा समेत नदिएपछि उजुरी दिएको पीडित बचतकर्ताहरुले बताएका छन्।

उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) को ठगी गर्न नहुने अन्तगर्तको कसुरमा मुद्दा दर्ता गरिएको छ। जसमा ठगी रकम बराबरको बिगो कायम गर्दै ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ।

त्यसैगरी अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ अनुसार कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गर्न माग समेत गरिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.