जाल्पा लघुवित्तले लाभांश वितरण नगर्ने
१७ माघ, काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको माघ १६ गते सम्पन्न १०८ औं बैठकले आर्थिक वर्ष २०८० को वित्तीय विवरण वार्षिक साधारण सभामा पेस गर्ने प्रस्ताव गरेको छ । बैठकले सेयरधनीलाई आगामी वार्षिक साधारण सभामा बोनस तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव भने नगरेको कम्पनी सचिव अशोक कुमार आर्चायले जानकारी दिए ।
लघुवित्त कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८–७९बाट भने सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गरेको थियो । सो समयमा कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।