Advertisement

आउँदो सोमवार देशभरका चलचित्र हल बन्द हुने

0 21

Advertisement

१७ माघ, काठमाडाैं । यही माघ २२ गते देशभरका चलचित्र हल बन्द हुने भएका छन् । सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै हल संचालकले आउँदो सोमवार मुलुकभरका चलचित्र हलहरू बन्द गर्ने निर्णय गरेका हुन् ।

हल संचालकको छाता संस्था नेपाल चलचित्र संघले मंगलवार विज्ञप्ति जारी गर्दै साङ्केतिक रूपमा एकदिन हलहरू बन्द गर्ने निर्णय लिइएको जनाएको छ ।

चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको संघले जनाएको छ । मूल्य अभिवृद्धि तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जनलगायत विभिन्न कर लगाइएको आरोप संघको छ ।

‘विभिन्न करहरूले चलचित्र व्यवसाय गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धिबाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रुपमा माघ २२ गते सोमवार एकदिन मुलुकभरका चलचित्र घरहरू बन्द गर्ने निर्णय भएको ब्यहोरा जानकारी गराउँदछौं’ संघका महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.