Advertisement

ऋण तिर्ने क्षमता घट्दा कालोसूचीमा पर्नेहरूको संख्या बढ्यो

0 21

Advertisement

१३ माघ, काठमाडौँ । नेपालमा बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर वा काटिएको चेक नसाटिएर कालोसूचीमा पर्ने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकको कर्जा सूचना केन्द्रको तथ्याङ्कअनुसार गएको साउनदेखि पुससम्म ६ महिनामा मात्रै २३ हजारभन्दा धेरै मानिस कालोसूचीमा परेका छन् । गएको आर्थिक वर्षमा ३४ हजार मानिस कालोसूचीमा परेका थिए ।

पछिल्ला दिनहरूमा दिनमै चार सयसम्म मानिस कालोसूचीमा पर्ने गरेका पाइएको छ । केन्द्रको तथ्याङ्कअनुसार १० वर्ष अघिसम्म एक वर्षमा कालोसूचीमा परेको जति सङ्ख्या अहिले दुई/तीन दिनमै पर्न थालेका छन् । विशेषगरी कोभिड महामारीका बेला आएको सहुलियत कर्जा र त्यस बेला शेयर बजार बढ्दा भएको लगानीपछि कालोसूचीमा पर्ने क्रम धरै बढेको पाइन्छ ।

एक वर्षसम्म बैंक तथा वित्तीय संस्थाको ऋणको साँवा ब्याज किस्ता भुक्तानी नगरेमा वित्तीय संस्थाले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउन सक्छ । यस्तै कसैलाई भुक्तानी दिन भनेर काटिएको चेक नसाटिएमा पनि पीडितले खातावालालाई कालोसूचीमा राख्न सम्बन्धित वित्तीय संस्थालाई निवेदन दिन सक्छ । वित्तीय संस्थाहरूको अनुरोधमा व्यक्ति वा कम्पनीलाई कालोसूचीमा राख्ने काम भने कर्जा सूचना केन्द्रले गर्दछ ।

कालोसूचीमा पर्ने बढ्नु भनेको समग्रमा देशको आर्थिक अबस्था शिथिल हुनु रहेको अर्थविद्हरू बताउँछन् । व्यवसायीहरू अहिले नेपालमा बितेको ४०/५० वर्षयताकै बढी मन्दी देखिएको बताउँछन् । आफूहरूले दशौँ अर्ब भुक्तानी नपाउनु र सरकारको पुँजीगत खर्च निकै कम हुनुले पनि अहिलेको मन्दी बढ्नुमा भूमिका खेलेको निर्माण व्यवसायीहरूको भनाइ छ । ठेकेदारलाई पैसा दिएमा बजारमा पैसाको प्रवाह बढ्न सक्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.