Advertisement

कृषिप्रधान देशमा ६ महिनामै साढे १७ अर्बकाे तरकारी आयात, ४४ कराेड रुपैयाँकाे काेदाे भित्रियाे

0 62

Advertisement

१० माघ, काठमाडौं । सरकारले कृषि र पशुपालनको क्षेत्रलाई विशेष प्राथमिकता दिएको दाबी गरे पनि ६ महिनामा अर्बाैँ रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ ।

भन्सार विभागका अनुसार विदेशबाट हरिया सागपात र तरकारी, माछामासु, घिउ तेल, दाल चामल, कोदो मकै लगायतका खाद्यान्न ल्याउन अर्बाैँ रुपैयाँ विदेशिएको छ । साउनदेखि पुससम्म २२ अर्ब २२ करोड रुपैयाँ भन्दा धेरैको खाद्यान्न मात्रै आयात भएको छ ।

नेपालकै पाखा पखेरामा मनग्य फलाउन सकिने कोदो पनि विदेशबाटै आएको छ । ६ महिनामा भारतबाट झन्डै ४४ करोड रुपैयाँको कोदो भित्रिएको छ । खाद्यान्न उद्योगका लागि चाहिने खाद्यान्न मात्रै १४ अर्ब रुपैयाँको आयात भएको छ । १७ अर्ब रुपैयाँको बिउबिजन भित्रिएको छ ।

यस्तै २५ अर्ब ३४ करोड रुपैयाँको घिउ तेल, १७ अर्ब ५० करोड रुपैयाँको तरकारी, १० अर्ब ७३ करोड रुपैयाँको फलफूल, १४ अर्ब ३८ करोड रुपैयाँको दुग्धजन्य पदार्थलगायतका वस्तु पनि आयात भएको छ ।

हरिया सागपातदेखि धान चामलसम्म विदेशबाटै किन्नुपर्ने भएपछि नेपाललाई कृषिप्रधान देश किन भनिन्छ भन्ने विषयमै बहस हुन थालेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.