मौसम : तराईमा हुस्सु, हिमालमा हल्का मात्र हिमपात
०९ माघ, काठमाडौं । आज पनि तराई क्षेत्रमा हुस्सु र कुहिरो तथा उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, वागमती र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।