Advertisement

आईजी कुँवरको स्वीकारोक्ति : अपराधीको पक्षमा सिण्डिकेट बनाएर लविइङ गर्ने समूहको दबदबा छ

0 27

Advertisement

०८ माघ, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले अपराधीको पक्षमा सिण्डिकेट बनाएर लविइङ गर्ने समूहको दबदबा रहेको बताएका छन्। प्रहरी प्रधान कार्यालयमा सञ्चालित एक दिवसीय ‘अपराध अनुसन्धान समीक्षा गोष्ठी’ कार्यक्रममा बोल्दै आईजी कुँवरले उक्त कुराको खुलासा गरेका हुन्।

कार्यक्रममा बोल्दै आईजी कुँवरले भने, ‘फौजदारी न्याय प्रणालीको सम्बन्धमा अनुसन्धानकर्ताहरुको मनोबल र संरक्षण किन पनि आवश्यक छ भने यहाँ पीडित र अनुसन्धानकर्तालाई भन्दा पनि पीडक, अभियुक्त र अपराधीलाई आफ्नो अधिकारको बारमो धेरै ज्ञान छ। र उनीहरुको पक्षमा सिण्डिकेट बनाएर लविइङ गरिदिने समूहहरुको दबदबा छ।’

त्यसैगरी कुँवरले फौजदारी न्याय प्रणालीको आधारशिलाको रूपमा रहेको प्रहरी संगठनका सकल दर्जाले कानुनी राज्यको प्रत्याभूति दिलाउन आ–आफ्नो कर्तव्य र जिम्मेवारी गम्भीरतापूर्वक सम्पादन गर्दै आएको चर्चा गरे।

पीडितलाई न्याय, अपराधीलाई सजाय र मानव अधिकारको सम्मान गर्दै विधिको शासन कायम गराइ दण्डहिनताको अन्त्य गराउन सरोकारवाला निकायहरूकाबीचको व्यावसायिक सम्बन्ध र सहकार्य आवश्यक रहेको उनले बताए।

प्रहरी महानिरीक्षक कुँवरले आर्थिक अपराधले आम नागरिकका व्यक्तिगत जीवनस्तरमा मात्र नभई सिंगो राष्ट्रिय अर्थतन्त्रमासमेत प्रत्यक्ष असर पुर्‍याएको बताउँदै आर्थिक अपराधसँग सम्बन्धित अपराधहरूको अनुसन्धानको लागि नेपाल प्रहरीले विशिष्टकृत ब्यूरो स्थापनाको लागिसमेत गृहकार्य थालनी गरेको उल्लेख गरे।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.