Advertisement

इराकमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण

0 30

Advertisement

०७ माघ, काठमाडौं । इरान समर्थित आतंककारी समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा रकेट र ब्यालेस्टिक मिसाइलले आक्रमण गरेका छन् ।

आक्रमणबाट धेरै अमेरिकी सैनिक घाइते भएको जनाइएको छ । अमेरिकी सेनाले धेरै सैनिकलाई गम्भीर चोटपटक लागेको र अनुसन्धान भइरहेको जनाएको छ । ‘शनिबार पश्चिमी इराकको अल–असद एयरबेसमा धेरै ब्यालेस्टिक मिसाइल र रकेटहरू प्रहार गरिएको थियो,’ अमेरिकी केन्द्रीय कमाण्डले ट्विटरमा एक पोस्टमा भनेको छ ।

वायु रक्षा प्रणालीले हावामा रहेका अधिकांश क्षेप्यास्त्रहरूलाई रोकेर नष्ट ग¥यो । तर, केही मिसाइलहरू एयरबेसमा खसेका थिए । अहिले क्षतिको विवरण संकलन भइरहेको छ । धेरै अमेरिकी कर्मचारीको टाउकोमा गम्भीर चोट लागेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.