Advertisement

सात दिनपछि सेयर बजारमा ‘करेक्सन’, ३२ अंकले घट्यो नेप्से

0 25

Advertisement

०५ पुस, काठमाडौं । लगातार बढेको ७ कारोबार दिनपछि सेयर बजारमा बिहीबार (आठौं दिन) ‘करेक्सन’ आएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३२ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २१०९ विन्दुमा कायम भएको छ । यसअघि २६ मंसिरदेखि निरन्तर बजार बढिरहेको थियो ।

७ कारोबार दिनपछि घटेको बजारलाई सामान्य करेक्सनका रुपमा औंल्याइएको छ । बजारका जानकार मुक्ति अर्यालले बढेको ७/८ दिनपछि करेक्सन हुनु सामान्य रहेको र बीचबीचमा करेक्सन आउँदा बजार झन् बलियो बन्ने बताए ।

‘लगातार बढेपछि करेक्सन जरुरत थियो, यसले बजारलाई परिपक्व बनाउँदै लैजान्छ, अरु केही दिन करेक्सन भएमा त्यसलाई सामान्य मान्नुपर्छ’ उनले भने ।

बिहीबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ९५ करोडको कारोबार भएकोमा यस दिन ६ अर्ब २७ करोडको कारोबार भयो । कुल ५० कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ३ को स्थिर रह्यो । उत्पादन र ब्यापार बाहेकका सबै समूह घटेका छन् । उत्पादन समूह २.३ प्रतिशत र व्यापार ०.५ प्रतिशत बढ्यो । विकास बैंक र फाइनान्स समूह सबैभन्दा धेरै ३–३ प्रतिशत घटे । बैंकिङ २३, विकास बैंक १३५, फाइनान्स ५८, होटल तथा पर्यटन १७८, जलविद्युत् ७, लगानी १, जीवन बीमा ३२९, माइक्रोफाइनान्स ७८, निर्जीवन बीमा ८२, र अन्य समूहको सूचक २३ अंक घटे ।

समग्र बजार घट्दा पनि १० कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरि लघुवित्त, बीपीडब्लू लघुवित्त, चिरख्वा हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा, मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया, माण्डु हाइड्रोपावर र नेपाल वेयरहाउजिङ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

सूर्याज्योति लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.४ प्रतिशत घट्यो । उन्नति सहकार्य लघुवित्तको ७.२, गरिमा विकास बैंकको ६.८, युनियन हाइड्रोपावरको ६.५, घलेम्दी हाइड्रोको ६.१, नेरुडे लघुवित्तको ६ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमकाआधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, हिमालयन डिस्टिलरी, हाथवे इन्भेस्टमेन्ट र घोराही सिमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

RSS Error: WP HTTP Error: A valid URL was not provided.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.