Advertisement

ठमेलमा बनिरहेको आर्य होटलको काम ७० प्रतिशत सकियो, जुनदेखि सञ्चालनमा आउने

0 5

Advertisement

०३ पुष, काठमाडौं । काठमाडौंको ठमेलमा निर्माण भइरहेको आर्य होटल एण्ड स्पा प्रालिको निर्माण ७० प्रतिशत सम्पन्न भएको भएको छ । सन् २०१८ मा दर्ता भई निर्माण कार्य सुरु भएको होटलको सन् २०२३ को अक्टोबरसम्ममा ७० प्रतिशत निर्माण सम्पन्न भएको हो ।

होटल ६१ करोड ४८ लाख स्क्वायरफिट क्षेत्रफलमा फैलिएको छ । करिब एक अर्ब (९३ करोड ६० लाख) रुपैयाँ लागतमा निर्माण भइरहेको होटलमा ८० कोठाको सुविधा हुनेछ । कम्पनीअनुसार हाल ७० प्रतिशत काम सम्पन्न भएकाले सन् २०२४ को जुनसम्ममा व्यवसायिक कारोबार सुरु गर्ने जनाइएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७२ करोड २६ लाख रुपैयाँ अर्थात् डबल बी माइनस र अल्पकालीन कर्जाका लागि २ करोड ७४ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ गराएको छ ।

होटल निर्माणका लागि ७० करोड २० लाख रुपैयाँ कर्जा र २३ करोड ४० लाख रुपैयाँ कम्पनीले लगानी गर्ने भएको छ । होटलमा विभिन्न सुविधा हुनेछ । कम्पनीअनुसार होटलमा फुड र बेभरेज सेवा, स्वीमिङ पुल, कन्फरेन्स हल र हिटेड ज्यकुजी, स्पा र अन्य सुविधा हुनेछ ।

होटलमा पूर्ण स्वामित्व कृष्णप्रसाद सिम्खडाको छ । ग्रिस अटो, अटो पार्क जापान, एभरेष्ट फुड र आर्य कम्पनी लिमिटेडको अध्यक्ष रहेको सिम्खडाको जापानमा १४ वटा फ्रेन्चाइज रेष्टुरेन्ट छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.