Advertisement

हिरासतमुक्तपछि आचार्य श्रीवास भन्छन्-‘मैले गल्ती बोलें भन्दिनँ, तर आवाज चर्को भएकै हो’

0 26

Advertisement

२३ मंसिर, काठमाडौं । मेडिकल व्यावसायी तथा गणतन्त्रविरोध अभियान्ता दुर्गा प्रसाईंले आह्वान गरेको आन्दोलनमा सहभागी हुँदा पक्राउ परेका हिन्दू धर्मगुरु आचार्य श्रीनिवास ११ दिनपछि प्रहरी हिरासतबाट छुटेका छन् ।

छुटे लगत्तै फेसबुक लाइभमा आएर उनले आफूलाई हिरासतमा गुरुको मर्यादा दिएर सम्मानपूर्वक राखिएको भन्दै प्रशासनप्रति आभार प्रकट गरेका छन् । आन्दोलनमा आफूले बोलेको भाषा चर्को भएको भनेर प्राप्त सुझावहरुलाई मनन गरेको भन्दै उनले अबका दिनमा यसमा सुधार गर्ने तर हिन्दू राष्ट्रको अभियानबाट पछि नहट्ने अठोट व्यक्त गरेका छन् ।

म ११ दिनपछि आज छुटें । उहाँहरुले मलाई गुरुको हिसाबले सम्मानित ढंगबाट सुविधाहरु उपलब्ध गराउनु भयो । नजरबन्द होइन जस्तै गरेर राख्नु भयो । म यसका लागि कारागार प्रशासनलाई धन्यवाद दिन चाहन्छु । कतिपय भक्तजनले गुरुको स्वर अलि कडा भयो भन्नु भएको छ । त्यो सही पनि हो । म अलिकति चर्को आवाजमा प्रस्तुत भएकै हो । त्यो आवश्यक पनि थियो । चर्को आवाजमै बोल्नुपर्ने थियो । यद्यपि, मैले सुझावहरुलाई मनन गरेको छु । चर्को आवाजलाई नरम बनाउनेतर्फ ध्यान दिनेछु । तर, मेरो अभियानमा भने उत्तिकै समर्पित छु । यसबाट पछि हट्दिनँ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.