Advertisement

बिहे अघि पूर्व मिस नेपालहरुसँग श्रृङ्खलाले साटिन् खुशी

0 51

Advertisement

२० मंसिर, काठमाडौं ।पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले मङसिरको २८ गते बिहे गर्ने तयारी गरेकी छिन् । आफ्ना प्रेमी सम्भव सिरोहियासँग उनले बिहे गर्ने तयारी गरेकी हुन् । हाल, उनको बिहेको तयारी धुमधामसँग चलिरहेको छ ।

यसैबिच, बिहेको केही दिन अगाडि उनलाई पूर्व मिस नेपालहरुले एकजुट भएर बधाई दिएका छन् । नगरकोटको एक रिसोर्टमा उनलाई बधाई दिनका लागि उषा खड्गी, प्रिया सिग्देल, जेनिशा मोक्तान, सदीक्षा श्रेष्ठ, नम्रता श्रेष्ठ, इभाना मानन्धर, मलिना जोशी लगायतका पूर्व मिस नेपालहरु उपस्थित थिए ।

पूर्व मिस नेपाल तथा नायिका मलिना जोशीले सामाजिक संजालमा तस्विर शेयर गर्दै श्रृङ्खलालाई बधाई दिएकी छिन् । तस्विरमा श्रृङ्खला निकै नै खुशी देखिएकी छिन् ।

केही बर्ष प्रेममा रहेपछि श्रृङ्खला र संभवले बिहे गर्ने निर्णय गरेका हुन् । श्रृङ्खलाले केही महिना अगाडि मात्र संभवसँगको प्रेम स्विकार गरेकी थिइन् ।

तस्वीर सौजन्यः मलिना जोशीको इन्स्टाग्रामबाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.