Advertisement

नेप्से १९ सयको लाइनमा उक्लिँदा २ अर्ब बढीको कारोबार

0 20

Advertisement

१० मंसिर, काठमाडौं । सेयर बजारमा उत्साह फर्किदा नेप्से सूचक पुन १९ सय अंक माथि उक्लिएको छ । आइतबार नेप्से सूचक ४७.७५ विन्दुले बढेर १९०७.९५ अंकमा पुगेको हो ।

यस दिन नेप्सेमा २९४ कम्पनीको २ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । गत असोज ९ गते २ अर्ब ९ करोड बराबरको सेयर कारोबार भएकोमा दुई महीनापछि आज कारोबार २ अर्ब १ नाघेको हो । यसदिन १३ वटै उपसमूहको परिसूचक बढेको छ।

आइतबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन छ्याङ्गदी हाइड्रोपावर, भगवती हाइड्रोपावर र विजय लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, यस दिन स्वरोजगार लघुवित्त, रावा इनर्जी, मैलुङ्ग खोला जलविद्युत र सिंगटी हाइड्रोको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्सको सबैभन्दा धेरै ११ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे ७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने नबिल बैंकको कारोबार रकम ७ करोड नाघेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.