Advertisement

आगामी चुनावमा गठबन्धन गरे कांग्रेस एक रहन्न : गगन थापा

0 626

Advertisement

०२ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् ।

प्रेस युनियनले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा थापाले भने, ‘०८४ सालमा चुनावमा जाँदै गर्दाखेरि हामी त अब गठबन्धनमा जाँदैजाँदैनौं । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भनेर भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुरामा कल्पनै नगरे हुन्छ ।’

अर्को चुनाव आउन चार वर्ष बाँकी रहँदा पनि चुनाव हारिन्छ कि भनेर पार्टीमा रुवाबासी भइरहेको उनले बताए । तल वडादेखि माथिसम्म सरकारै सरकारमा बसेको कांग्रेसमा निराशा रहेको बताउँदै उनले भने, ‘जसलाई भेटे पनि बर्बाद छ, बर्बाद छ । के बर्बाद छ भन्दा ०८४ मा त हारिन्छ भन्ने । यस्तो किन भइरहेको छ ? सरकारमा जाने र बस्ने कुरा किन यति महत्वपूर्ण भइरहेको छ ?’ उनले यसका बारेमा पार्टीमा सघन छलफल गर्नुपर्ने बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.