Advertisement

इजरायल सरकारको सहयोगमा ५५ नेपालीलाई सुरक्षित स्थानमा लगियो, नेपाल फर्किन दुई सय बढीले दिए आवेदन

0 36

Advertisement

२३ असाेज, काठमाडाैं । इजरायलमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

परराष्ट्र मन्त्री एनपी साउदका अनुसार बंकरभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना विद्यार्थीलाई सुरक्षित स्थानमा लगिएको छ।

‘५५ जना नेपाली विद्यार्थीलाई इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ,’ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मंगलबार मन्त्री साउदले भने, ‘साथै इजरायलको उत्तरी क्षेत्रका फार्म हाउसमा रहेका केही नेपालीलाई पनि सुरक्षित तवरले बंकरमा रहने व्यवस्था मिलाइएको छ।’

अन्य क्षेत्रमा जोखिममा रहेका नेपालीलाई पनि सुरक्षित स्थानमा राख्नेबारे सरकारले पहल गरिरहेको मन्त्री साउदले बताए।

उनकाअनुसार स्वदेश फर्किन दुई सय जनाभन्दा बढीले आवेदन दिइसकेका छन्।
इजरायलमा चार हजार पाँच सय जना नेपाली केयर गिभर छन् भने २६५ विद्यार्थीमध्ये १० विद्यार्थीको मृत्यु भएको थियो। मन्त्री साउदका अनुसार केयर गिभरका रूपमा गएका कामदारहरू भने सुरक्षित छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.